Logo २ माघ २०८२, शुक्रबार | Fri Jan 16 2026


दूधको मूल्य प्रतिलिटर १५ देखि २० रुपैयाँ बढाउन किसानको माग


1.3k
Shares

चितवन, पुष १८ । चितवनका किसानहरुले दुधको मूल्य बढाउन माग गरेका छन् ।

३ वर्षदेखि मूल्य नबढेको भन्दै उनीहरुले तत्काल दुधको मूल्य प्रतिलिटर १५ देखि २० रुपैयां बृद्धि गर्न माग गरेका हुन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकासमन्त्री बसुन्धरा हुमागार्इँलाई ११ बँुदे मागपत्र पेश गर्दै माग किसानहरुले यस्तो आग्रह गरेका हुन ।

कृषकहरुलाई वर्गीकरण गरी परिचयपत्र वितरण गर्नुपर्ने, परिचय पत्रको आधारमा अस्पतालको उपचारमा छुटको व्यवस्था हुनुपर्ने, व्यवसायिक कृषक तथा सहकारीलाई बोर्डले पुरस्कारको व्यवस्था गर्नु पर्ने, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा पशु एम्बुलेन्सको व्यवस्था हुनुपर्ने लगायतका माग किसानहरुको छ ।

मन्त्री हुमागाईँले प्रदेश सरकार किसानमैत्री रहेको भन्दै किसानकै हितका लागि ५१ बुँदे योजनासहित अघि बढेको बताउनुभयो । पशु उपचारका लागि एम्वुलेन्स उपलब्ध गराउने र सम्भव भएसम्म वडातहमै स्वास्थ्य केन्द्र बनाउने उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव डाक्टर शरण पाण्डेले विगतका कर्मचारीले के गरे गरेनन् भन्दापनि आफूले किसानको हितमा सकेको काम गर्ने बताउनुभयो । चाँडै ऐन नियम बनाउने र उत्पादनको आधारमा अनुदान दिने कुरालाई जोड दिएको उहाँको भनाइ छ ।