
web pic
सर्लाही, पुष १८ । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडकखण्ड स्थित सागरनाथ जंगलमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति रुखमा ठोक्किएर दुर्घटना भएको सर्लाही प्रहरीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । उक्त दुर्घटनामा ईश्वरपुर नगरपालिका ६ दशबिगाहा बस्ने २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ बर्षीय रोहन सिंहको मृत्यु भएको प्रहरीले जनाएको हो ।
तीनै जनाको घट्नास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा ल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्