Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


मेयरले हाजिरी खाता गायब पारेपछि..


13
Shares

विराटनगर । मोरङको सुनबर्षी नगरपालिकाका प्रमुख कालीप्रसाद दासले हाजिरी खाता गायब गरेपछि नगरका कर्मचारीले एक महिनादेखि हाजिर गर्न पाएका छैनन् ।

सरुवा भएर आएका कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेलाई हाजिर हुन नदिने भन्दै उनले खाता नै गायब बनाएका हुन ।

तत्कालीन कार्यकारी अधिकृत राजकुमार केसी धनुषाको नगराइन नगरपालिकामा सरुवा भएर गएपछि घिमिरे रौतहटको चन्द्रपुर नगरपालिकाबाट पुस २८ मा सरुवा आएका थिए ।

२८ गते नगरपालिकाको कार्यालयमा हाजिर हुन पुग्दा मेयर दासले कार्यकारीले हाजिर गर्ने एक नम्बर हाजिरी रजिष्टर लिएर हिंडेका थिए ।

त्यसपछि घिमिरेले नयाँ रजिष्टर किनेर त्यसैमा हाजिर जनाउँदै आएका छन् । -कान्तिपुर दैनिकबाट