 
	    एजेन्सी । पृथ्वीको दक्षिणी ध्रूब नजिक रहेको अन्टार्टिकामा पनि कोरोना संक्रमण फैलिएको छ । अन्टार्टिकामा रहेको बेल्जियमको अनुसन्धान केन्द्रका कर्मचारीहरु कोरोना संक्रमित भएको पुष्टि भएको छ ।
प्रिन्स एलिजावेथ पोलार स्टेशनमा रहेका २५ अनुसन्धानकर्ता मध्ये १६ जनामा संक्रमण देखिएको हो । त्यसमाथि उनीहरु सवै पूर्ण रुपमा कोरोना खोप लगाएकाहरु हुन ।
डिसेम्बर १४ को दिन पहिलो संक्रमति फेला परेपछि उनलाई क्वारिन्टिनमा राखिएको तर संक्रमण भने नरोकिएको बताइएको छ । कोरोना संक्रमणको २ वर्षको अवधिमा अन्टार्टिकामा पहिलो पटक संक्रमण देखिएको हो ।
संक्रमितहरुमा असर भने अहिलेसम्म मध्यम खालको रहेको आयोजना प्रमुख जोसेफ चिकले बताएका छन् । सन् २००९ देखि इन्टरनेशनल पोलार फाउण्डेसनले उक्त अनुसन्धान केन्द्र संचालन गर्दै आईरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्