२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


यलो हाउसले जित्यो इन्टर हाउस फुटसल प्रतियोगिता


0
Shares

काठमाडौं, माघ २२ । काठमाडौंमा सम्पन्न इन्टर हाउस फुटसल प्रतियोगिता यलो हाउसले जितेको छ ।

ओम एजुकेसन एकेडेमी सेकेन्डरी स्कुलको आयोजनामा भएको प्रतियोगिता यलो हाउसले जितेको हो ।

कुमारी फुटसलमा भएको प्रतियोगिताको फाइनलमा लो हाउसलाई पेनाल्टी सुटआउटमा २–० ले पराजित गर्दै यलो हाउसले उपाधि जितेको हो ।

यसअघि, निर्धारित् समयसम्म ३–३ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा निर्णायक बनेको हो ।

विजेता खेलाडीहरुलाई ईमेज ग्रुप अफ कम्पनीज्का महाप्रबन्धक रघुवरभक्त मानन्धरले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।