
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले सन् २०२२ मा आणविक हतियार विस्तार गर्ने बताउनुभएको छ । ८ औं केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता किमले आगामी दिनमा आणविक हतियारमा अमेरिका भन्दा शक्तिशाली हुने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
उहाँले दक्षिण कोरिया र अमेरिकासँगको कुटनीतिक संलग्नताहरुलाई पनि क्रमशः सुधार गर्दै लैजाने प्रतिवद्धता जनाएको बताइएको छ । नेता किमले नयाँ वर्षको पूवसन्ध्यामा भएका सार्वजनिक समारोहमा आगामी वर्ष आफ्नो मुलुकको आर्थिक समृद्धि र जनताको जीवनस्तर सुधारमा केन्द्रीत भएर अघि बढ्नेसमेत बताउनुभएको छ । तर, उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा प्रकाशित उहाँको भाषणको सारांशमा भने अमेरिकासँगको सम्बन्धका बारेमा कुनै उल्लेख नभएको बताइएको छ ।
मुलुकले सामना गर्नुपर्ने आधारभूत कार्यका लागि पञ्च वर्षिय योजनाहरु र आम नागरिकको जीनवस्तर उकास्न राज्यले गर्ने गतिविधिका बारेमा पनि नेता किमले उल्लेख गरेको समाचारमा जनाइएको छ । आफ्नो मन्तव्यका क्रममा किमले घरेलु मामिला र ग्रामीण विकासमा महत्वपूर्ण योजनासमेत सार्वजनिक गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्