पूर्वन्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी « Imagekhabar – Online News Portal of Nepal
११ आश्विन २०७९, मंगलवार | Wed Sep 28 2022


पूर्वन्यायाधीशहरुको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी


208
Shares

काठमाडौं, पुष १६ । पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षलगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीश, न्यायाधिश, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।

अभियानले पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाँका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।