काठमाडौं । सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा रोकथाम गर्नेगरी तीन सय शय्याको सरुवा रोग उपचार गर्ने छुट्टै अस्पताल बनाउने तयारी गरेको छ ।
प्रतिनिधिसभाको शून्य समय र विशेष समयमा सांसादहरुले कोरोना भाइरस फैलने अवस्थामा सरकारको तयारी सोधेपछि स्वास्थ्य मन्त्रीले यस्तो तयारी भएको बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट फैलिएको कोरोना भाइरसको असर नेपालमा नदेखिएको बताए ।
उनले कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले विशेष निगरानी गरिरहेको जानकारी दिए ।
सरकारले यस्तो प्रकृतिको कुनै पनि भाइरल तथा महामारी नियन्त्रणका लागि छुट्टै अस्पताल बनाउने तयारी गरेको जानकारी मन्त्री ढकालले दिए ।
ढकालले सम्भावित संक्रमितलाई लक्षीत गरी अहिले सरकारले तीन अस्पतालमा ४३ बेड छुट्याइएको बताए । राजधानी दैनिकबाट










प्रतिक्रिया दिनुहोस्