कोठा तताउदा कोइला बालेर सुत्दा… « Image Khabar


कोठा तताउदा कोइला बालेर सुत्दा…


299
Shares

काठमाडौं । बाँकेको नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मातहतको मेडिकल स्टोरको क्वार्टरमा कार्यरत कार्यालय सहयोगी २४ वर्षीय धनप्रसाद भट्टराईलाई सोही कार्यालयका फार्मेसी अधिकृत धर्मेन्द्र न्यौपानेले धेरैपटक सम्पर्क गर्न खोजे उनले भट्टराईलाई खोजी गर्नुको मुख्य कारण थियो, मेडिकल स्टोरको तापक्रम यथावत् राख्न जेनेटर चलाउइरसाख्नुपर्ने अवस्था ।

जेनेटर चलाउने जिम्मा माफेर्मी अधिकृत न्यौपानेले धनप्रसादलाई बिहीबार बिहान साढे ५ बजेदेखि नै खोजेका थिए । जेनेटरमा तेल राख्न फोन गर्दा नउठेपछि न्यौपाने आफैं उनी बस्दै आएको क्वार्टरमा पुगे । उनले ढोका ढकढकाए । तर खुलेन । पटकपटकको ढ्याक ढ्याकपछि धनप्रािद पत्नी सुशीलाले ढोका खोलिन् ।

त्यसपछि त्यहाँको अवस्था जे देखियो त्यो आफैंमा अकल्यनीय थियो । कोठाभित्र भट्टराईसहित ६ जना ढलिरहेका थिए । ढोका खोल्न आइपुगेकी धनप्रसाद पत्नी सुशीला पनि घाइते थिइन् । केही समयपछिको परीक्षणमा कोठाभित्र रहेका सात जनामध्ये धाप्रसादसहित चार जनाको मृतयु भएको पुष्टि भयो । उनकी श्रीमतीसहित तीन जना घाइते भएकाले तत्काल थप उपचार थालियो ।

मंगलबार रातिदेखि नै नेपालगन्जसहित मुलुकभर चिसो बढेको थियो । त्यही चिसो छल्न कार्यालय सहयोगी धनप्रसादले कोठा ताताउन कोइला बालेका थिए । कोइला बालेरै उनीहरु सुतेका थिए ।

राजधानी