२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025


आफैँलाई एसिड प्रहार गर्ने युवकससँग विवाह गरेपछि…


16.224k
Shares

एजेन्सी । टर्कीमा एसिड आक्रमणमा परेकी युवतीले एसिड प्रहार गर्ने युवकसँगै विवाह गरेकी छन् ।

आक्रमणमा परेकी २० वर्षीया बेरफीन ओजेक नामकी युवतीले आफूमाथि एसिड प्रहार गर्ने कासिम ओजन सेल्टी नामका युवकसँग विवाह गरेपछि सामाजिक सञ्जालमा चर्को आलोचना गरिरहेका छन् । समाचार संस्था डेली मेलमा प्रकाशित खबरअनुसार कासिमले बेरफिनमाथि सन् २०१९ मा एसिड प्रहार गरेका थिए ।

एसिड प्रहार गर्नु केही समय अघिसम्म दुवैजना प्रेममा रहेको समाचारमा उल्लेख छ । प्रेममा विछोडपछि युवकले युवतीमाथि एसिड प्रहार गरेका थिए । युवकलाई अदालतले १३ वर्ष ६ महिनाको जेल सजाय तोकेको भए पनि विश्वभर फैलिएको कोभिड महामारीका कारण कानुन परिवर्तन भएपछि उनी छिट्टै जेलमुक्त भए ।

एसिड प्रहार गर्नुअघि युवकले युवतीलाई आफ्नो बाहेक अरु कसैको हुन नदिने बताएका थिए । घटनापछि उपचाररत युवतीको होस आएलगत्तै युवकलाई गिरफ्तार गरिएको थियो । समय बित्दै जाँदा युवकले गल्ती महसुस गर्दै युवतीसँग लगातार माफी मागेपछि बेरफिनले उजुरी फिर्ता लिएकी थिइन् ।

बेरफिनको बुवाले छोरीको यस्तो निर्णयबाट खुसी नभएको र आफूलाई विवाहको बारेमा जानकारी नगराएको भन्दै गुनासो गरेका छन् । लामो समयसम्म छोरीको लागि लडेको कानुनी लडाईं बालुवामा पानी खन्याएको जस्तो भएको उनको भनाइ छ ।

विवाह गरेपछि त्यो जोडीले कुनै पनि आलोचनाको जवाफ दिएका छैनन् । एक सामाजिक सञ्जाल प्रयोगकर्ताले माफी माग्दैमा अपराध कम नहुने भन्दै विवाह धेरै समय नटिक्ने ठोकुवा गरेका छन् । ती प्रयोगकर्ताले युवतीले जीवन वर्वाद पार्ने युवकसँग विवाह गर्न नहुने अडान दोहोर्याए ।