Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


माओवादी केन्द्रको आठौं महाधिवेशनः देउवाद्वारा दाहालको प्रशंसा, शंकर पोखरेलद्वारा पश्चाताप


169
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । महाधिवेशनको सफलताको कामना गर्दै नेपालका प्रमुख राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रशंसा गरेका छन् । माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले दाहालकै नेतृत्वमा संविधानसभाबाट संविधान बनेको भन्दै प्रशंसा गरेका छन् ।

दाहालको राजनीतिक योगदानको चर्चा तथा प्रशंसा गर्दै प्रधानमन्त्री देउवाले भने, ‘पुष्पकमल दाहालजीले नेपालको राजनीतिमा धेरै ठूलो योगदान गर्नुभएको छ । उहाँकै बलले हामी संविधानसभामा गएका हौं । संविधानसभाबाट संविधान बनाउने कुरा २००७ सालमा कांग्रेसले गरेको हो, पछिल्लो चरणमा दाहालले लिएकै अडानका कारण संविधानसभाको चुनाव भएको हो ।’

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान पाँच दलीय गठबन्धन कसैको विरुद्धमा नरहेको समेत प्रस्ट पारेका छन् । संविधानअनुरूप संसद् पूरा समय चलोस् भन्ने उद्देश्यले मात्र गठबन्धन बनेको भन्दै कसैको विरुद्ध नरहेको धारणा राखेका हुन् ।

एमसीसी राष्ट्रघाती नभएको दाबी गर्दै पहिले पढेर मात्रै प्रतिक्रिया जनाउन देउवाले आग्रह गरेका छन् । नेपालमा एमसीसीको विरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले भने, ‘मैले एउटा कुरा चाँहि बोल्नैपर्ने भो, एमसीसी राष्ट्रघाती भन्नुभयो, राष्ट्रघाती भन्नेले पढेको छ कि छैन ? थाहा छैन । पहिले पढ्नुप¥यो, एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त राष्ट्रघाती कही पढेको छैन ।’

राजधानी