सिराहामा सीके राउतका कार्यकर्ताबाट सवारी साधनमा तोडफोड, बन्दकर्ता र प्रहरीबीच झडप, राजमार्ग बन्द « Image Khabar


सिराहामा सीके राउतका कार्यकर्ताबाट सवारी साधनमा तोडफोड, बन्दकर्ता र प्रहरीबीच झडप, राजमार्ग बन्द


351
Shares

काठमाडौं, पुष ११ । सिराहमा सिके राउत नेतृत्व जनमत पार्टीका कार्यकर्ताले घोषणा गरेको बन्द खुला गरिएको छ ।

उनीहरूले बिहानैदेखि बन्द गराउँदै हिँडेका थिए । आइतबार आमहड्ताल घोषणा गरेर बिहान राजमार्ग पनि केहीबेर बन्द गरेका थिए ।

यस क्रममा उनीहरूले तोडफोडसमेत गरेका थिए । तोडफोड तथा बन्द गराउँदै हिँडेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा घोषणा गरिएको हड्तालको अवज्ञा गरेको भन्दै बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका थिए ।