भरतपुरमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते, एकको अवस्था गम्भीर « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


भरतपुरमा बस र ट्रक ठोक्किँदा ११ जना घाइते, एकको अवस्था गम्भीर


416
Shares

चितवन । मुग्लिन–नारायणगढ सडकखण्डको भतेरीमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।

दिउँसो पौने तीन बजे भरतपुर–२९ मा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ९६७९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ५८६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा ११ जना घाइते भएका हुन् ।

घाइतेमध्ये बसमा सवार १० जनाको पुरानो मेडिकल कलेजमा र ट्रक चालकको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी दिनुभयो ।

क्रेनको प्रयोग गरी दुवै सवारी साधनलाई हटाएपछि अवरुद्ध सडक समेत सूचालु भएको प्रहरीले जनाएको छ ।