Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


खोप छ, तर पाइँदैन


91
Shares

काठमाडौं । गत साउन २४ गते नै सरकारले असोजसम्ममा एक तिहाइ नागरिकलाई खोप लगाउने घोषणा गर्यो । चैत मसान्तसम्ममा खोप लगाउन योग्य सबैले निस्शुल्क पाउने अर्को बुँदा सरकारको निर्णयमा थियो । तर, असोज सकियो । चैत आउन लागेको छ । संयुक्त सरकारको साझा कार्यक्रमको घोषणाअनुसार नागरिकले खोप पाएनन् ।

दुई तिहाइभन्दा बढीले अबको तीन महिनाभित्र खोपको पूर्ण मात्रा लगाउन पाउने सम्भावना ज्यादै न्यून छ । खोपसँगै सिरिन्जको कमी छ । सरकार यो विषयमा अझै गम्भीर छैन । झन्डै ११ महिनाको अवधिमा पूर्णमात्रा खोप लगाउनेको संख्या ३२ दशमलव १ प्रतिशतले एक डोज लगाएका छन् । २०७७ माघ १४ गतेदेखि खोप अभियान सुरु भएको थियो । छिमेकी भारतले सहयोगमा दिएको १० लाख मात्रा कोभिसिल्ड स्वास्थकर्मीहरुलाई लगाएर पहिलो चरणको खोप अभियान सुरु गरिएको थियो ।

आयात द्रुत

मुलुकामा कोभिसिल्ड, भेरोसेल, जापानिज एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेका, जोन्सन एन्ड जोनसन, फाइजर र मोडेर्ना खोप अभियानमा लगाइएको छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थय तथा खोप शाखा प्रमुख सागर दाहालकाअनुसार, हालसम्म खरिद र अनुदानको गरी ३ करोड ८५ लाख ३९ हजार ३ सय ६७ डोज प्राप्त भइसकेको छ । थप, १ करोड ८० लाख डोज प्राप्त गर्ने क्रममा छ ।

अन्नपूर्ण