
काठमाडौ । लक्ष्मी ग्रुपले आफ्नो ४८ औं स्थापना दिवस मनाएको छ ।
सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा शुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८ औ स्थापना दिवस मनाएको हो ।लक्ष्मी ग्रुपले नेपालमा विश्वशिलो, स्थापित र व्यबस्थापित कम्पनीको रुपमा सेवा, रोजगारि प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ ।
यस गुपले ४८ वर्ष पुरा गरिरहँदा कन्फेक्सनरी, प्लाष्टिक, डेरी, अटोमोबाइल्स, इलेक्ट्रोनिक्स र स्टिलका साथै अन्य थुप्रै छेत्रमा लगानी गरिरहेको छ । लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गतेलाई आफ्नो स्थापना दिवसका रुपमा मनाउने गरेको छ । स्थापना दिवसको अवसरमा सो लक्ष्मी ग्रुपले राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममको लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । ४८ औं स्थापना दिवसका अवसरका लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्यान सामग्री,टोपी र मस्क वितरण गरेको थियो । त्यस्तै चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी समान वितरण गरेको थियो ।४८ औं स्थापना दिवसका अवसरमा लइमी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्