शिक्षक सेवा आयोगबाट २६ सय शिक्षक माग गर्दै आवेदन खुला « Image Khabar


शिक्षक सेवा आयोगबाट २६ सय शिक्षक माग गर्दै आवेदन खुला


234
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न विषयमा झन्डै २६ सय शिक्षक माग गर्दै आवेदन खुला गरेको छ । आयोगले आज वेबसाइटमा सूचना प्रकाशित गर्दै निमावि तृतीय श्रेणी शिक्षक पदका लागि दुई हजार पाँच सय ९८ जना माग गर्दै विज्ञापन खुलाएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि इच्छुकबाट आवेदन माग भएको छ ।

नेपाली विषयमा ४ सय ३७ जना माग भएको छ भने अंग्रेजी विषयलाई ६ सय २४ जनाको माग भएको छ । यस्तै, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार, संस्कृत कर्मकाण्डमा एक शिक्षक माग गर्दै आयोगले विज्ञापन खुलाएको छ ।

आगामी चैत १७ गते बिहान ११ बजेदेखि लिखित परीक्षा हुने सूचनामा उल्लेख छ ।

सातै प्रदेशमा परीक्षा केन्द्रहरू तोकिएका छन् । सात सय शूल्क तिरेर आवेदन फारम भर्न सकिनेछ । माघ ६ गतेभित्र आवेदन दिन सकिने आयोगले जनाएको छ । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन् । आयोगको वेबसाइटबाट गएर अनलाइन फारम भर्न सकिनेछ ।

हेर्नुहोस् बिज्ञापन :