तनहुँमा बस दुर्घटना, एकजनाको मृत्यु, तीन गम्भीरसहित सात घाइते • Image Khabar Image Khabar


तनहुँमा बस दुर्घटना, एकजनाको मृत्यु, तीन गम्भीरसहित सात घाइते


Imagekhabar
१ असार २०७५, शुक्रबार ०४:१९

तनहुँमा बस दुर्घटना, एकजनाको मृत्यु, तीन गम्भीरसहित सात घाइते

तनहुँ, असार १ । तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुलनजिक शुक्रबार दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् ।

ग१ख ३७०१ नम्बरको बस बुद्धसिंमार्गअन्तर्गत्को पक्कीसडकबाट करिब २० मिटर तल सेतीनदी किनारमा खस्दा देवघाट गाउँपालिका–२, वैदीका ५० वर्षीय दानबहादुर ठकुरीको मृत्यु भएको हो ।

उनको उपचारकाक्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गम्भीर घाइते भएका सल्यान जिल्ला त्रिवेणी गाउँपालिका–५ का १६ वर्षीय चूडामणि घर्ती, सोही स्थानका ३० वर्षीय नरबहादुर रोका र शुक्लागन्डकी नगरपालिका वडा नम्बर–१० निवासी २५ वर्षीया दिलमाया आलेलाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात् पोखराको मणिपाल अस्पतालमा सिफारिस गरी पठाएको छ । अरु चार घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्