Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


प्रदेश २ मा छोरीहरुलाई बीमा रमक तीन लाख


0
Shares

जनकपुर, माघ १७ । बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ सरकारले बालिकाहरुको बीमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख पुर्‍याएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले गरेको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाब राउतले बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत अघिल्लो बर्षको माघ महिनापछि जन्मिएका बालिकाहरुको एक लाख रुपैयाँको बीमा गरिदै आएकोमा उक्त रकम बढाएर तीन लाख पुर्‍याएको बताए ।

लैंगिक समानता र भ्रुणहत्या रोक्ने उद्धेशयले शुरु गरिएको अभियान गतवर्ष अपेक्षा अनुसार सफल हुन नसकेपछि यस वर्षदेखि स्थानीय तहबाटै संचालन गरिने उनले जानकारी दिए ।

यसका साथै मधेश आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका परिवारका सदस्यलाई रोजगारी तथा गुजाराका लागि सहयोग दिने, मधेश शहिद प्रतिष्ठान गठन गर्ने र प्रादेशिक अस्पताललाई आर्युविज्ञान स्वास्थ्य प्रतिष्ठानको रुपमा परिणत गर्ने निर्णय समेत गरिएको जनाइएको छ । रासस