Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


शिक्षा मन्त्रीको निर्देशन, ‘निमाविको पदपूर्ति र शिक्षक बढुवाको काम तत्काल थाल्नुहोस्’

३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने

195
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिनुभएको छ ।

सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उहाँले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिनुभएको हो ।

‘देशभरका विद्यालयमा शिक्षकहरूको अभाव छ,’ मन्त्री पौडेलले भन्नुभयो, ‘यसै साता निम्नमाध्यमिक र त्यसको केहीसमय पछि प्राविको विज्ञापन खोल्नुहोस् ।’

शिक्षक सेवा आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै मन्त्री पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र(लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आग्रह गर्नुभयो ।

‘५ वर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको थियो,’ उहाँले भन्नुभयो, ‘नियमावली पास भएको छ, शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुहोस् ।’

१३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गर्नुभयो । नियमावली संशोधनपछि अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुनेछ ।

छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्नमाध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिनुभयो ।

‘हामीले माविको १ हजार ५पाँच सय ६५ पदका लागि विज्ञापन गरिसकेका छौं,’ अध्यक्ष रेग्मीले भन्नुभयो, ‘यसै साता निम्नमाध्यमिक विद्यालयमा रिक्त २ हजार पाँच सय ९८ पदका लागि विज्ञापन गछौं ।’

Skip This