 
	    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुलातर्फको महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।
१६ सय मत गन्दा खुलातर्फको महिला केन्द्रीय सदस्यमा सबैभन्दा अगाडि डिला संग्रौला हुनुहुन्छ । पुष्पा भुषाल दोस्रो तथा डा. आरजू राणा देउवा तेस्रो नम्बरमा हुनुहुन्छ ।
संग्रौलाले एक हजार १४, दोस्रो स्थानमा रहनुभएकी पुष्पा भुषालले ९ सय ७०, आरजूले ९ सय १, चौथो स्थानमा रहेकी अम्बिका बस्नेतले ८ सय ११, पाँचौं स्थानमा रहेकी ईश्वरी न्यौपानेले ७ सय ८६ र छैटौं स्थानमा रहेकी सरिता प्रसाईले ७ सय ६८ मत पाएका छन् ।
खुला ९ जनाको लागि ३० जना उम्मेदवारबीच भिडन्त भइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्