Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


कांग्रेसको ३५ खुला केन्द्रीय सदस्य क–कसले जिते ? (हेर्नुहोस नामसहित)


702
Shares


काठमाडौं
।नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको खुला केन्द्रीय सदस्यको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

सभापति, उपसभापति,महामन्त्री र सहमहामन्त्रीको मतगणना सकिएपछि हिजोबाट(शनिबार) निर्वाचनमार्फत आउने ३५ जना खुला केन्द्रीय सदस्यको मतगणना शुरु भएको थियो । सो मतगणना आज सकिएको हो । कांग्रेस विधानमा ३५ जना केन्द्रीय सदस्य महाधिवेशबाट निर्वाचित हुनुपर्ने प्रावधान रहेको छ ।

निर्वाचित हुनेमा बहुमत सदस्य सभापति शेरबहादुर देउवा पक्षका रहेका छन् । ३५ जनाका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

को को विजयी भएत ?

१.डा.शशांक कोइराला
२.एनपी सावद
३.बालकृष्ण खाँण
४.उदय शमशेर राणा
६.ज्ञानेन्द्र बहादुर कार्की
७. रमेश लेखक
८.शंकर भण्डारी
९.जिप छिरिङ लामा
१०.अर्जुन नरसिंह केसी
११.जित जंग बस्नेत
१२.गोपालमान श्रेष्ठ
१३.मोहन बहादुर बस्नेत
१४.सुनिल बहादुर थापा
१५.नैन सिंह महर
१६.दिलेन्द्र प्रसाद बडू
१७. डा.रामशरण महत
१८.बल बहादुर केसी
१९.गोबिन्द भट्टराई
२०.कुन्दनराज काफ्ले
२१.दिपक गिरी
२२.सुरेन्द्रराज पाण्डे
२३.पद्म नारायण चौधरी
२४.राजीव ढुंगाना
२५.गुरु बराल
२६.सञ्जय कुमार गौतम
२७.प्रा.डा. गोविन्दराज पोखरेल
२८.मदन बहादुर अमात्य
२९.अजयबाबु सिवाकोटी
३०.गणेश लामा
३१.दिनेश कोईराला
३२.उमेशजंग रायमाझी
३३.ई.मोहन आचार्य
३४.डा.गोपाल दहित
३५.कृष्ण किशोर घिमिरे