१३ आश्विन २०८०, शनिबार | Sun Oct 1 2023


तस्करको जालोमा नेपाली महिला


143
Shares

काठमाडौं । मेरो नाम कृष्णकुमारी हो । नेपालमा घर स्याङ्जा हो । गत मार्च महिनाको ५ तारिखमा हिमालयन एयरलाइनसमार्फत दुबई आएको हुँ । अफिसमा काम गर्ने भनेर दलालले ढाँटेर नेपालीले सञ्चालन गरेको अजमानको एउटा दोकान (एजेन्सी) लाई जिम्मा लगायो एजेन्सीले स्थानीय अरबीको घरमा काम गर्न पठायो ।

मेरो फोटो र भिडियो अनलाइनमा देखाएर एजेन्टले मेरो भाउ १२ हजार दिराममा बेचेको रहेछ । जुन दिन म बेचिएँ भन्ने थाहा पाएँ त्यो दिन धेरै रोएँ । उता घरमा आमा मानसिक बिरामी हुनुहुन्छ । दुई जना दाइको मृत्यु भएपछि उहाँ मानसिक रुपमा बिच्छिप्त हुनु भएको हो । बुबा घुँडाको हह्ी मक्किएर आफैँ अशक्त हुनुहुन्छ । घरमा कामउने अरु कोही छैन ।

दिदीहरुको विवाह भ्एर आ(आफ्नो घर गरिखाइरहनु भएको छ। परेको बेला हामीलँई हेर्ने पनि दिदीहरुले कतिन्जेल गर्न सक्नुहुन्छ र रु त्इसपछि मैले जिदेश जाने निर्णय गरेँ ।

(उनी भावुक बनिन्) झनडै २ महिनासम्म काम गरेपछि खै के भयो कुन्नि, साहुले मलाई मन पराएन । मलाई उसैकोमा (एजेन्सी) फिर्ता भएँ । त्यो दोकानमा मसहित ४५ जना नेपाली दिदीबहिनीह्रु बिक्रीमा हुनुहुन्थ्यो । सबै जना एउटा सानो कोठामा बस्थ्यौं । सुत्ने ठाउँ नभएर आलोपालो सुत्थ्यौं । उहाँहरुको हाल खबर के छ र कहाँ हुनुहुन्छ रु अहिलेसम्म मलाई केही थाहा छैन ।

अन्नपूर्ण