बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर « Image Khabar


बेलायतद्वारा ब्रेक्जिटपछि अस्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर

बेलायत–अष्ट्रेलियाको व्यापार वृद्धि र निर्यात शुल्क मिनाहा हुने अपेक्षा

143
Shares

काठमाडौं । बेलायतले अष्ट्रेलियासँग व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । यो सम्झौताले लन्डन र क्यानबेराबीचको ब्रेक्जिटपछिको आर्थिक सम्बन्धलाई आकार दिने बेलायतको अन्तर्राष्ट्रिय व्यापार विभागले जनाएको छ । जुन महिनामा दुई देशका प्रधानमन्त्रीबीच सम्झौताका लागि सहमति भएको थियो र दस्तावेजका सबै अध्यायलाई अन्तिम रूप दिइसकेको छ ।

अन्तर्राष्ट्रिय व्यापार सचिव एनी–मारी ट्रेभल्यानले बिहीबार राति भर्चुअल समारोहमा अन्तिम सम्झौतामा हस्ताक्षर गरेर अब संसद्मा प्रस्तुत गरिने विज्ञप्तिमा जनाएका छन् । बेलायतले २०२० मा युरोपेली संघबाट बाहिरिने प्रक्रिया पूरा गरी अब अन्य देशहरूसँगको व्यापारिक सम्बन्धलाई नयाँ आकार दिइरहेको छ ।

नयाँ सम्झौताले बेलायत–अष्ट्रेलियाको व्यापारलाई करिब १० दशमलव ४ बिलियन पाउण्डले वृद्धि गर्ने र बेलायतको निर्यातमा लाग्ने शुल्क पूर्ण रूपमा हटाउने अपेक्षा गरिएको छ ।