
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज नवौं चरणका खेलहरु सकिने छन् ।
आज मध्यान्ह १२ बजे दशरथ रंगशालामा फ्रेन्ड्स क्लब र च्यासल युथ क्लब भिड्ने छन् । यसैगरी दिउँसो ३ बजे रंगशालामै न्युरोड टिम (एनरआरटी)ले ब्रिगेड ब्वाइज क्लब (बिबिसी)सँग खेल्नेछ ।
आजका खेलहरुले अंक तालिकाको शीर्ष ३ स्थानमा कुनै फेरबदल ल्याउने छैन । ९ खेलबाट २० अंक जोडेको त्रिभुवन आर्मी क्लब तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानको मच्छिन्द्र क्लब तथा तेस्रो स्थानको मनाङ मस्र्याङ्दी क्लबको समान १९ अंक छ । हिजो भएको खेलमा मनाङले संकटा क्लबलाई ३–० ले हरायो ।
नवौं चरणका खेलहरु सकिनै लाग्दा शहीद स्मारक ए डिभिजन लिग फुटबलको उपाधि होड रोचक मोडमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्