Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह


221
Shares

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्।

विद्यार्थी राजनीतिमा मात्र होइन,एउटै ‘स्कुलिङ’ बाट अघि बढेका शर्मा र थापा १४औं महाधिवेशनमा भने अलग समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका थिए। पार्टीको १३औं महाधिवेशनसम्म एउटै समूहमा रहेर सक्रिय उनीहरू त्यसपछि भने फरक समूहमा थिए।

१४औं महाधिवेशनमा शर्मा र थापामात्र होइन, धनराज गुरुङ, प्रदीप पौडेलसम्मका नेता एउटै समूहमा अटाउने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए। तर शर्मा, थापा र पौडेल अलगअलग समूहबाट एउटै पदको प्रत्याशी बने।

थापा नेता शेखर कोइरालाको समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए भने शर्मा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग जोडिन पुगे। पौडेल अन्तिम समयमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए। महामन्त्रीकै उम्मेदवार बन्ने घोषणा गरेका गुरुङ भने शेखर समूहबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भएका छन्। नेपाल विद्यार्थी संघको राजनीतिमा गुरुङ सबैभन्दा सिनियर हुन्।

नागरिक