
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले नवनिर्वाचि सभापति शेरबहादुर देउवाललाई बधाई दिनु भएको छ । नेता थापाले सामाजिक सञ्जाल ट्वीटर मार्फत सभापति देउवाललाई बधाई दिनु भएको हो ।
थापाले कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गरेको बताउनु भएको छ । त्यस्तै, उहाँले समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै समेत बताउनुभयो ।
नेता थापाले लेख्नुहुन्छ ‘आदरणीय शेरबहादुर ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’
कांग्रसकाे १४ औं महाधिवेशनबाट देउवा सभापति पदमा दाेस्राे कार्यकालका लागि निर्वाचित हुनु भएकाे छ । उहाँका प्रतिद्वन्द्वी डा शेखर काेइराललाई ८७८ मतले पराजित गर्दै देउवा सभापति पदमा निर्वाचित हुनु भएकाे थियाे । देउवाले २७३३ मत प्राप्त गर्नुभयाे भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गर्नु भएकाे थियाे ।
आदरणीय @SherBDeuba ज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।
— Gagan Thapa (@thapagk) December 15, 2021










प्रतिक्रिया दिनुहोस्