एजेन्सी । पाकिस्तानको कराँची सहरमा एक महिला सामाजिक कार्यकर्ताको चक्कु प्रहार गरी हत्या गरिएको छ ।
२४ वर्षीया सबा असलम पाकिस्तानको न्यु कराची क्षेत्रमा रहेको आफनो घरबाट बाहिर निस्कन्ेक्रममा मोटरसाइकलमा आएका नकावधारीको समुहले चक्कु प्रहार गरी उनको हत्या गरेको हो ।
चक्कु प्रहारबाट घाइते भएका उनलाई अस्पताल पुर्याउने बितित्रै चिकित्सकहरुले मृत घोषणा गरेको हो । प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकलमा आएका दुई नकाबधारीले उनको ढाडमा हतियारले प्रहार गरेका थिए ।
असलम पछिल्लो पाँच वर्षअघि अनीसा असलम वेलफेयर नामको संस्थाका संस्थापक हुन् । घटनामा संलग्नहरुको ब्यापक खोजी भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्