Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


को हुन् शेरबहादुर देउवा ?


2.7k
Shares

काठमाडौं । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका छन्। काठमाडौंमा जारी १४औं महाधिवेशनमा आकांक्षी शेखर कोइरालालाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन्। उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। यसअघि उनी १३औं महाधिवेशनमा सभापतिमा निर्वाचित भएका थिए।

पाँच पटकसम्म प्रधानमन्त्री बनेका शेरबहादुर देउवा को हुन् ?

शेरबहादुर देउवाको जन्म वि।स‌। २००३ जेठमा डडेलधुराको असीग्राम गाविस(५ मा भएको हो। उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र मावि तथा माध्यमिक शिक्षा सीताराम मावि उच्चकोट डोटीबाट लिएका थिए। उनी स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालेका थिए।

एलएसली दिएपछि देउवाले उच्च शिक्षाको लागि वि.स‌‍. २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए। त्यसपछि उनी नेविसंघभित्र राष्ट्रिय जनीतिमा सक्रिय भए। यसक्रममा उनी विभिन्‍न समयमा पटक-पटक पक्राउ परे। निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा प्रध्‍यापकसँग झग समेत गर्न पछि परेनन्।

नेविसंघमा सक्रिय भएर काम गरेका देउवा विसं २०२८ सालमा पहिलो पटक नेपाल विद्यार्थी संघको सभापतिमा विजयी भए। नेविसंघको नेतृत्वमा आएपछि उनले आफ्नो राजनीतिकलाई सशक्तरुपमा अगाडि बढाए।

विद्यार्थी राजनीतिबाट आफूलाई अब्बल बनाएका देउवालाई बीपीले सुदूरपश्चिममा पार्टीको जिम्‍मेवारी दिएका थिए। त्यतिबेला उनी भारतको बाटोबाट दार्चुला, बैतडी हुँदै डडेलधुरा पुगेका थिए।

वि‌‌।सं। २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाइ गर्दा देउवा लन्डन स्कुल अफ इकोनोमिक्समा अध्‍ययन गरिहेका थिए। त्यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं फर्किएका थिए।
अन्नपूर्ण