Logo ७ भाद्र २०८३, आइतबार | Sun Aug 23 2026


शिक्षक–कर्मचारीलाई दलको चुनावमा भाग लिन रोक


247
Shares

काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी र शिक्षकलाई कुनै पनि राजनीतिक दलको क्षेत्रीय प्रतिनिधि र केन्द्रीय कार्यसमितिमा मतदाता तथा उम्मेदवार नहुन सोमबार अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शिक्षक–कर्मचारीलाई नेपाली कांग्रेसको मतदाता र उम्मेदवार बन्ने–बनाउने कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो।

भक्तबहादुर बस्नेतसमेतले ९ जना शिक्षक कांग्रेसको क्षेत्रीय प्रतिनिधि छनोट भएको भन्दै नामावलीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सोमबार मतदान भएको छ। मतदान हुँदै गर्दा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। यो आदेश कर्मचारी र शिक्षकका हकमा कांग्रेसमा मात्र नभई जुनसुकै राजनीतिक दलमा पनि लागू हुनेछ।

नागरिक