Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


कांग्रेस वरिष्ठ नेता पौडेल मतदानमा सहभागी नहुने


26
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा सहभागी नहुने घोषणा गर्नु भएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज हुन गइरहेको निर्वाचनमा नेता पौडेलले मतदान नगर्ने घोषणा गर्नु भएको हो ।

पौडेलले मतदान नगर्ने निर्णय गरेको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले पुष्टि गर्नु भएको छ । निर्वाचनमा सभापतिका लागि पाँच जनाबीच प्रतिस्पर्धा हुदैछ । सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा छन् ।

पौडेल संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार हुनुपर्ने अडानमा हुनुहुन्थ्यो । उहाँ पनि सभापतिका आकांक्षी हुनुहुनथ्यो । तर सहमति जुटन् नसकेपछि पौडेल सबै तहका प्रतिस्पर्धाबाट बाहिरिने निर्णय लिनु भएका पौडेलले मतदानमा नै सहभागी नहुने घोषणा गर्नु भएको हो ।

पौडेल रुष्ट भएपछि देउवा उहाँको निवास पुग्नुभएको थियो । देउवाले आफूलाई सहयोग गर्न वा अरुहरुको पक्षमा नखुल्न आग्रह पनि गर्नु भएको थियो । देउवासँगको भेटमा पौडेलले तटस्थ बस्ने बताउनु भएको थियो ।

आज १३४ पदका लागि आज चुनाव हुँदैछ ।