२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सिटी र प्यालेस विजयी


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लेष्टर सिटी र क्रिष्टल प्यालेस विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा लेष्टर सिटीले न्युकासल युनाइटेडलाई ४–० ले हरायो ।

लेष्टरको जितमा युरी टिलेमन्सले दुई गोल गर्दा जेम्स म्याडिसन र प्याट्सन डाकाले एक एक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले एभर्टनलाई ३–१ ले हरायो । प्यालेसको लागि कोनोर ग्यालाघारले दुई गोल गर्दा जेम्स टम्कीन्सले एक गोल थपे ।

पराजित टोली एभर्टनका सालोमन रन्डनले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा वेष्ट ह्याम युनाइटेड भने बर्न्लेसँग गोलरहित बराबरीमा रोकिएको छ । ८ जना खेलाडीमा कोरोना संक्रमण देखिएको टोटनह्याम हट्सपर र ब्राइटनबिचको खेल भने पोष्टपोन गरिएको छ ।