Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


नारायणीमा हाम फालेकी मधुको उद्धार


26
Shares

काठमाडौं । नारायणी पुलबाट हामफालेर आत्महत्या गर्न खोज्ने महिलाको उद्धार गरिएको छ ।

रत्ननगर नगरपालिका १४ की मधुकला खनालको जीवितै उद्धार गरिएको हो । उनले दिउँसो पुलबाट हाम फालेकी थिइन् ।

नारायणी नदीमा सञ्चालन भएको मोटरबोटको सहायतामा उनको तत्काल उद्धार गरिएको चितवनका डीएसपी एकनारायण कोइरालाले बताए ।

उद्धारपछि उनलाई आफन्तको जिम्मा लगाइएको छ । अन्नपुर्ण पोष्टबाट ।