Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


महाधिवेशनको महाकुम्भमा कांग्रेस, यस्तो छ निर्वाचन कार्यक्रम


0
Shares

काठमाडौं । ‘उत्साह, एकता, रूपान्तरण, सफल बनाऔं नेपालीको कांग्रेसको १४औं महाधिवेशन’ भन्ने मूल नारासहित नयाँ नेतृत्व चयन गर्न कांग्रेसको १४औं महाधिवेशन शुक्रबारबाट काठमाडौंमा सुरु भएको छ । कांग्रेसले नयाँ नेतृत्व चयन गर्न भइरहेको महाधिवेशनलाई महाकुम्भका रूपमा लिएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा सुुरु महाधिवेशमार्फत कांग्रेसले पार्टीको १ सय ६७ सदस्यीय केन्द्रीय समितिमध्ये १ सय ३४ जनालाई निर्वाचन प्रक्रियामार्फत चयन गर्न लागेको हो । कांग्रेसको शीर्ष तहमा रहने सभापतिसहित १३ पदाधिकारीसमेत सोही संख्याअन्तर्गत निर्वाचन प्रक्रियाबाटै चयन हुनेछन् । महाधिवेशनको शुक्रबार सभापति शेरबहादुर देउवाले विधिवत् उद्घाटन गरेका हुन् ।

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा देशका प्रमुख राजनीतिक दलका प्रमुख नेताहरू तथा विपक्षी दलका नेतासहित विदेशबाटसमेत विभिन्न दलका प्रतिनिधि सहभागी भएका छन् ।

कांग्रेस महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सिपी मैनालीलगायतले शुभकामना मन्तव्य राखे ।

राजधानी