काठमाडौं । सुडान घोटाला काण्ड नेपालको चर्चित र ठूला भ्राष्टाचारमध्ये एक हो नेपाल प्रहरीको शान्ति मिसन यसकै कारण बन्द छ । मनोबलका साथै देशको प्रतिष्ठा र इज्जत बढाउने भएकाले प्रहरीमा शान्ति मिसन लक्ष्य बन्थ्यो । तर, यहाँ पनि ठूलो भ्रष्टाचार भयो ।
मिसनको बद्नाम भयो । सूडानको डार्फरम तैनाथ नेपाली सुरुक्षाकर्मीका लागि खरिद गरिएको ४४ करोडको एपीसी ९मिसनका लागि आवश्यक बन्दोबस्तीका समान० मा साढे २८ करोड बराबरको भ्रष्टाद्धार नै बद्नाम र बन्दको कारण हो । प्रहरीको भाषमा शान्ति मिसनलाई फ्रम्ड पुलिस युनिट ९एफपीयु० भनिन्छ संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्कै निर्णयअनुुसार एफपीयू बन्द भयो ।
तर, प्रहरी अधिकारी यसलाई स्वीकार गर्न आनाकानी गर्छन्, यथार्थ भए पनि नेपाल प्रहरी प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँबर यसको समयअवधि नै सकिएकाले बन्द भएको बताउँछन् । तर, पूर्वअतिक्ति प्रहरी महानिरीक्षक (एआईजी) रमेश खरेल भ्रष्टाचारकै कारण एफपीयू मिसन बन्द भएकाले दाबी गर्छन् ।
एक महिनाअघि मात्रै सुडानबाट ८२ जना फर्किएपछि नेपालको टोली मिसनमा छैन । सुडानमा रहेका १८० जनाको टोली दुई पटक गरेर फर्किएको छ । हाइट मिसन दुई वर्ष अघिदेखि नै बन्द छ । एक वर्षअघि यहाँका सबै प्रहरी फिर्ता आएका छन् । प्रहरी प्रवक्ता कुँवरले हाइटी र सुडान दुवै देशमा शान्ति मिसन बन्द भएकाले सुरक्षाकर्मी फिर्किएको बताए । प्रहरी फर्किए तर, ती देशमा शान्ति स्थापना भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्