Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


छाँटिएन गुटका हाँगाबिँगा


0
Shares

काठमाडौं । कांग्रेसको १४औं महाधिवेशन शुक्रबार उद्घाटन हुँदै छ। तर, अघिल्लो दिनसम्म पनि पदाधिकारीका उम्म्ेदवारको टुंगो लाग्न सकेको छैन । जसको मुख्य कारण हो, पार्टीभित्र मौलाउँदो गुटगत रानीति । कांग्रेसमा मुख्ष् गरी दुई गुट छन् । सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका ।

देउवा र पौडेललाई चुनौती दिइरहेका छन् अर्का नेता कृष्णप्रसाद सिटौला । देउवा र पौडेल पक्षमा पनि उपगुटहरु हाबी छन् । पौडेलतिर प्रकाशमान सिंहदेखि कोइराला परिवारको बेग्ला(बेग्लै हाँगो छ । कतिपय यस्ता कार्यकर्ता जो कोइराला परिवारको प्रतिनिधि पात्र मात्र अगाडि उभ्याइदिए पनि जिताउन मरिमेट्छन् । देउवा पक्षबाट अलग्गिएर विमलेन्द्र निधि आफ्नो गुट बनाएका छन् ।

विश्लेषक कृष्ण खनाल कांग्रेसको राजनीति १४ औ महाधिवेशनमा देउवा र पौडेलमा गएर नरोकिने बताएका छन् । ‘जति गुट बढ्छन् त्यति नै तिक्तता पार्टीमा देखिन्छ । पार्टी फुट्ने खतरा बढ्न सक्छ,’ विश्लेषक खनाल भन्छन् ‘१४ महाधिवेशनमा आइपुग्दा दोस्रो पुस्ताका नेतालाई कार्यकर्ताले रुचाएको देखिन्छ । यद्यपि, युवाले आफू पदाधिकारीमा लड्न आँट नगरे पनि वैकल्पिक नेतृत्व खोजेको देखिन्छ ।’

भारतको कलकत्तास्थित महावीर शमशेरको टाइगर प्यालेसमा २००६ चैत २७ गते पार्टी स्थापना हुँदा नै ‘गुटहरूबीचको मिलन’ भनी व्याख्या गरिएको थियो। त्यति बेला बीपी कोइराला र डिल्लीरमण रेग्मी ‘दुई गुट’ मिलेर नेपाली कांग्रेस पार्टी स्थापना भएको कांग्रेसकै पुराना नेता बताउँछन्। नेपाली राष्ट्रिय कांग्रेसको स्थापनापछि नै कोइराला र रेग्मीले गुट चलाएका थिए।
अन्नपूर्ण