काठमाडौं । सातदोबाटो महाराजगन्जसम्मका लागि प्रस्ताव गरिएको मेट्रो रेल निर्माणअन्तर्गत विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम अघि बढेको छ ।
रेल विभागले डिपीआर तयारका लागि एकवर्षको समयावधि तोकेर चिनियाँ र नेपाली कम्पनीको ज्याइन्ट भेन्चर कम्पनीलाई जिम्मा दिएको छ ।
केही दिनअघि विधाग र चाइना रेलवे सियुआन सीइएमएटी कन्सल्ट्यान्ट कम्पनीबीच द्धिपक्षीय सम्भौता (एमओयू) समेत भइसकेको छ ।
नेपालमै पहिलापटक निर्माण गर्न लागिएको मेट्रो रेलअन्तर्गत करिब १२ किलोमिटर यो खण्डको सम्भाव्यता अध्ययन प्रतिवेदन पनि तयार भइसकेको छ ।










प्रतिक्रिया दिनुहोस्