Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


उखू किसानको अनुदान रकम दिन सरकार गर्छ आनाकानी


0
Shares

काठमाडौं । सरकारले नै उखु किसानलाई अनुदान उपलब्ध गराउन आनाकानी गरेको पाइएको छ ।

किसानका विषयमा प्रमाण पुष्टि हुने कागजात नमिलेको कारण कतिपय जिल्लाका किसानलाई अनुदानबापतको रकम भुक्तानी नगरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव डा. युवकध्यज जीसीले आवश्यक कागजात नपुगेका कारण अनुदान कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा थन्किएको बताए ।

उनका अनुसार एक अर्ब ३४ करोड अनुदान रकम वितरण गर्नुपर्नेमा अर्थ मन्त्रालयबाट ९२ करोड ८० लाख रुपैयाँ निकासा भएको थियो ।

निकासा भएको रकम ६ महिनाअघि आठ जिल्लाका भुक्तानी समितिलाई उपलब्ध गराइएको थियो । सरकारले किसानलाई उखुखेती प्रोत्साहन अनुदानबापत प्रतिक्विन्टल ६५ रुपैयाँ उपलब्ध गराउँछ ।

कागजात मिलेको आधारमा ५५ लाख रुपैयाँ अनुदान भुक्तानी गरिएको छ । बाँकी ९२ करोड ३० लाख रुपैयाँ कोलेनिकाकै खातामा थन्किएको सचिव जीसीले बताए ।  आजको अन्नपूर्णपोष्टमा खबर छ ।