 
	    एजेन्सी । इराकको दक्षिणी सहर बसराको केन्द्रमा भएको विस्फोटमा कम्तिमा चार जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर २० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । विस्फोटक पदार्थ भरिएको मोटरसाइकल ठोक्काएर दुर्घटना गराएको इराकी सेनाले दावी गरेको छ ।
सहरको केन्द्रमा रहेको अल जुम्हौरी अस्पतालनजिकै विस्फोट गराइएको थियो । विस्फोटलगत्तै सेनाले सो क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।
इराकमा हालैका वर्षहरुमा विस्फोटका घटनाहरू बढिरहेको प्रति राष्ट्रसंघलगायत विभिन्न संघ संस्थाहरूले चिन्ता व्यक्त गरेका छन् । सो विस्फोटको हालसम्म कसैले जिम्मा नलिएको त्यहाँको सरकारले जनाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्