Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


सुकीको जेल सजाय आधा घटाइयो


0
Shares

एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीको जेल सजया आधा घटाइने भएको छ ।

सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुईरदुई वर्षको जेल सजाय सुनाएको थियो।

समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका थिए।

सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड -१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेकोलगायत ११ वटा आरोप लगाएको छ।