
काठमाडौं । भारत भ्रमणमा रहनु भएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले भारतलाई एक महान् शक्ति र असल मित्रको रूपमा बुझेको बताउनु भएको छ । भारत–रूस वार्षिक शिखर सम्मेलनको उद्घाटन सत्रमा हिजो मन्तव्य दिंदै राष्ट्रपति पुटिनले भारतलाई एक महान् शक्ति, एक महान र परीक्षित मित्रको रूपमा बुझेको बताउनु भएको हो ।
यसअघि हिजै, भारतीय प्रधानमन्त्री नरेन्द्र प्रधानमन्त्री मोदीसँगको भेट वार्ताका क्रममा पुटिनले दुई राष्ट्रहरू बीचको सम्बन्ध प्रगाढ बनेको र भविष्यलाई आफुले नियालीरहेको धारणा ब्यक्त गर्नुभएको थियो । गत वर्ष भारत र रुस बीचको व्यापार १७ प्रतिशतले घटेको तर २०२१ को पहिलो ९ महिनामा दुवै देशले ३८ प्रतिशतले व्यापार बढेको अनुभव गरेको पुटिनको भनाई थियो । रुसी नेताको यो भ्रमण भारत र रुसमा हुने वार्षिक शिखर सम्मेलनको परम्पराको निरन्तरता हो ।
यस्तै, प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ महामारीका कारण उत्पन्न चुनौतीका बाबजुद भारत–रुस सम्बन्धको वृद्धिको गतिमा कुनै परिवर्तन नआएको बताउनु भयो । दुवै नेताले अफगानिस्तानको पछिल्लो अवस्थाबारे पनि कुराकानी गरेका छन् ।
दुई देशबीच मन्त्रीस्तरीय वार्ता पनि भएको थियो । दुई देशबीच २०२१–३१ का लागि सैन्य प्राविधिक सहयोग व्यवस्था अन्तर्गत भारत–रसिया राइफल्स प्रा.लि. मार्फत ६ लाख थान एके–२०३ राइफल खरिद गर्ने सम्झौतामा पनि भएको छ ।
प्रतिक्रिया दिनुहोस्