ढाका कपडा प्रदर्शनी स्थगित « Image Khabar


ढाका कपडा प्रदर्शनी स्थगित


0
Shares

काठमाडौं, मंसिर २० । आगामी पुस पहिलो साता राजधानीमा आयोजना हुने भनिएको ढाका कपडा तथा अल्लोका वस्तुहरुको प्रदर्शनी तथा ढाका कपडा उद्योगी व्यवसायीहरुको सम्मेलन स्थगित गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघले आयोजना गरेको सम्मेलन महासंघका पूर्वउपाध्यक्ष सुवर्णकुमार श्रेष्ठको निधन भएकाले अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित भएको महासंघले जनाएको छ ।