इण्डोनेसियाको जाभा टापुमा शक्तिशाली ज्वालामुखी विष्फोट « Image Khabar


इण्डोनेसियाको जाभा टापुमा शक्तिशाली ज्वालामुखी विष्फोट

कम्तिमा एक जनाको मृत्यु, दर्जनौं घाइते

0
Shares

काठमाडौं । इन्डोनेशियाको जाभा टापुमा ज्वालामुखी बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै, बिस्फोटमा ४९ जना घाइते भएका छन् ।

इन्डोनेशियाको माउन्ट सेमेरुबाट ज्वालामुखीको खरानी र धुवाँ धेरै माइल टाढासम्म फैलिएका कारण घटनास्थल वरपरको जनजीवन प्रभावित भएको छ । ज्वालामुखी बिस्फोट पछि माउन्ट सेमेरु नजिकको मलंग शहर बाक्लो धुवाँले पुरै अन्धकार बनेको छ । हेलिकप्टरको सहायताले घर घरमा फसेकाहरुको उद्दार कार्य जारी राखिएको छ ।

इन्डोनेशियाका अधिकारीहरुका अनुसार इन्डोनेशिया केही दिन देखि जारी बर्षाका कारण बर्षा बाक्लो लेदो र लाभाका कारण बिस्फो भएको बताएका छन् । प्रभावित क्षेत्रका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

ज्वालामुखी बिस्फोट पछि आकाश धुवाँले खरानीले ढाकिएपछि हवाई उडानहरु समेत प्रभावित बनेको छ ।