
काठमाडौं, मंसिर १७ । झापामा दमक चेम्बर अफ कमर्स गठन भएको छ ।
नेपाल चेम्बर अफ कमर्सको भगिनी संस्थाका रुपमा दमक चेम्बर अफ कमर्स जिल्ला कार्यसमिति गठन भएको हो ।
राजेन्द्रप्रसाद ढकालको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको चेम्बरले जनाएको छ ।
पहिलो साधारणसभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आत्मनिर्भर अर्थतन्त्र बनाउने चेम्बरको अभियानमा सहयोग गर्न नवनिर्वाचित समितिलाई आग्रह गर्नुभयो । बाँझो जमिनको अधिकतम सदुपयोग गरेर उत्पादन वृद्धि र बजारीकरणमा जिल्ला कार्यसमितिले महत्वपुर्ण भूमिका खेल्न सक्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्