Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


विश्वकप फुटबलमा ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरियाे

26
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणमा गरेकाे छ।

अमेरिकाको मियामी स्टेडियममा बिहीबार बिहान सम्पन्न खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० गाेल अन्तरले पराजित गरेकाे हाे । खेलको सातौं मिनेटमै भिन्सियस जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २–० को बलियो अवस्थामा पुर्‍याए । दोस्रो हाफमा पनि ब्राजिलले आफ्नो दबाब कायम राखेकाे हाे ।

खेलको ६०औं मिनेटमा म्याथियस क्यूनाले गोल गर्दै टोलीको अग्रता ३–० पुर्‍याएका छन् । खेलको ७७ औँ मिनेटमा ब्राजिलका स्ट्राइकर नेइमार मैदान प्रवेश गरे पनि गोल भने गर्न सकेनन् । पराजित भएसँगै स्कटल्याण्ड विश्वकपबाट बाहिरिएको छ ।

त्यस्तै, एटलान्टा स्टेडियममा बिहीबार बिहानै भएकाे अर्काे खेलमा मोरक्कोले हाइटीलाई ४–२ गाेल अन्तरले पराजित गरेकाे छ। मोरक्कोका लागि अहरफ हाकिमीले ३९ औँ, इसामेल साईबेरीले ४६ औँ, सुफयान रहिमीले ७८ औँ र जाकरिया अल ओदीले थप समयमा गोल गरेका थिए ।

हाइटीका लेनी जोसेफ र विस्सन इसिडोरले क्रमशः १० औँ र ४३ औँ मिनेटमा गोल गरेका छन् ।

Skip This