
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पार्टीको सदस्यता ८ लाख पुग्ने अनुमान गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पार्टी सदस्यता ८ लाख पुग्ने अनुमान गर्नुभयो ।
उहाँले हालसम्म पार्टीको सदस्यता ७ लाख ६ हजार ५ सय पुगेको पनि जानकारी गराउनुभयो ।
स्थायी कमिटी बैठकले पार्टीको वडा सम्मेलन सफलता साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै बाँकी रहेका स्थानमा दुई दिनभित्र सम्मेलन सक्ने पनि जनाएको प्रवक्ता महाराले बताउनुभयो ।
बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुष ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ ।
त्यस्तै मंसिर २५ गते सबै प्रदेशको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने पनि प्रवक्ता महराले बताउनुभयो ।
स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्