Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


कतार सरकारद्वारा नेपाललाई ५० भेन्टिलेटर सहयोग


0
Shares

काठमाडौं । कतार सरकारले नेपाललाई ५० भेन्टिलेटर सहयोग गरेको छ। कतारका आमिर शेख तामिम बिन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न ती स्वास्थ्य सामग्री उपलब्ध गराउन दिएको आदेश बमोजिम नेपाललाई सहयोग गरिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।

‘कतार फन्ड फर डेभलपमेन्ट’ले ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताइएको छ। भेन्टिलेटर सहितका स्वास्थ्य सामग्री नेपालका लागि कतारी राजदूतावासका कन्सुलर नासर बिन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव पवनजंग रायमाझीलाई हस्तान्तरण गर्नु भएको हो ।

यसअघि पनि कतार सरकारले नेपाललाई चार्टर्ड फ्लाइटमार्फत स्वास्थ्य सामग्री पठाएको थियो। त्यस्तै, कोभ्याक्स कार्यक्रममार्फत कोरोनाविरुद्धको खोप ल्याएको थियो।

Skip This