Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


जथाभावी बाटो काटे हजार, ट्याक्सी मिटरमा जान नमाने १५ हजार जरिवाना


0
Shares

काठमाडौं । सरकारले सडक सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ मा जथाभावी सडक काट्ने यात्रुलाईए एक हजार रुपैयाँ जरिवाना प्रस्ताव गरेको छ ।

मस्यौदामा ट्राफिक प्रहरीको इसारा उल्लघंन गरेमा तीन हजार, निषेधित क्षेत्रमा हर्न बजाएमा दुई हजार, मोबाइल प्रयोग गरी सवारी चलाएमा पाँच हजार, सडक अनुशासन उल्लघंन गर्ने पैदल यात्रुलाई एक हजार, मापासे गरी सवारी चलाएमा पाँच हजार तर त्यस्तो सवारी सार्वजनिक सवारी भएमा १० हजार रुपैयाँ जरिवाना लिने व्यवस्था गरेको छ ।

त्यसै गरी मिटर ट्याक्सीले मिटरमा जान नमानेमा १५ हजार जरिवाना प्रस्ताव गरिएको छ । विधेयक लागू भएमा मधयम र लामो दूरीमा यात्रा गर्ने सबै यात्रुले अनिवार्यरुपमा सुरक्षा पेटी बाँध्नुपर्नेछ । आजको समाचारपत्रमा समाचार छ । 

 

Skip This