स्वदेशी जुत्ता, चप्पलमा ग्राहकको आकर्षण बढ्दै « Image Khabar


स्वदेशी जुत्ता, चप्पलमा ग्राहकको आकर्षण बढ्दै


0
Shares

काठमाडौं, मंसिर १४ । स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ ।

१९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुको प्रर्दशनीमा स्वदेशी उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको आयोजकले बताएको छ । सोमबारसम्म मात्रै सञ्चालन गर्ने भनिएको प्रर्दशनी ग्राहकहरुको भिड बढ्दै गएकाले मंसिर १९ गतेसम्म सञ्चालनमा रहने बताइएको छ ।

शिखर जुत्ता कम्पनीका स्टल प्रमुख राजु उप्रेतीले स्वदेशी उत्पादनका जुत्ता चप्पलमा प्रर्दशनीमा आउने ग्राहकको आकर्षण देखिएको बताउनुभयो । उहाँले ग्राहकको स्वदेशी उत्पादनका जुत्ता चप्पलमा देखिएको आकर्षणले हरेक बस्तुको स्वदेशी उत्पादनमा जोड दिनुपर्ने देखिएको बताउनुभयो ।

उप्रेतीले प्रर्दशनी मेलामा स्टल राखिएका कम्पनीले स्टक सक्ने किसिमले पुराना जुत्ता चप्पल नराखिएको बताउनु भयो ।उहाँले भर्खरै उत्पादन भएका ताजा जुत्ता चप्पलनै स्टलमा राखिएको बताउनुभयो ।

प्रर्दशनीमा आउने ग्राहकहरुले पनि स्वदेशी उत्पादनलाई प्रोसाहन गर्नु पर्ने बताएका छन । स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता चप्पल सहुलियत मूल्यमा पाइने भएकाले स्वदेशी कम्पनीको उत्थान गर्नु पर्ने ग्राहकहरुको भनाई छ ।

फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालको आयोजनामा कार्तिक २६ गतेदेखि सञ्चालन रहेको छ । मेलामा छाला जुत्ता तथा वस्तुमा १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । प्रदर्शनीमा नेपालका चर्चित ३० वटा कम्पनीका एक सय भन्दा धेरै स्टल राखिएको छ ।

प्रदर्शनी भर करिब २ करोड रुपैयाँको कारोबार हुने आयोजकको अनुमान छ ।