प्रहरी अनुसन्धान अधिकृत र वकिलहरुको दुईदिने प्रादेशिक सम्मेलन शुरु • Image Khabar Image Khabar


प्रहरी अनुसन्धान अधिकृत र वकिलहरुको दुईदिने प्रादेशिक सम्मेलन शुरु


Imagekhabar
१ असार २०७५, शुक्रबार ०२:२२

प्रहरी अनुसन्धान अधिकृत र वकिलहरुको दुईदिने प्रादेशिक सम्मेलन शुरु

विराटनगर, असार १ । विराटनगरमा प्रहरी अनुसन्धान अधिकृत र वकिलहरुको दुईदिने प्रादेशिक सम्मेलन शुरु भएको छ ।

प्रभावकारी अनुसन्धान र अभियोजनका लागि शुरु भएको सम्मेलनमा सातवटा विषयमा छलफल हुनेछ ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद पाठकले अपराध अनुसन्धान र अभियोजन तथा सरकारवादी मुद्दाको पैरवी र प्रतिरक्षालाई प्रभावकारी बनाउन अनुसन्धानकर्ता र वकिलको समन्वय हुनुपर्ने बताए ।

त्यस्तै प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी नायव महानिरीक्षक धिरु बस्नेतले यस सम्मेलनमार्फत् नयाँ मुलुकी ऐन कार्यान्वयनका लागि प्रभावकारी धारणा बनाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्