२५९ संक्रमित थपिँदा २६४ जना संक्रमणमुक्त « Image Khabar


२५९ संक्रमित थपिँदा २६४ जना संक्रमणमुक्त


0
Shares

काठमाडौं मंसिर १३ । देशभर पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा २५९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २४ पुगेको छ ।

सोमबार २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६ हजार ९४४ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११५ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्य, काठमाडौँमा ७८, ललितपुरमा ३० र भक्तपुरमा ७ जना संक्रमित थपिएका हुन् ।